arrow

भविष्यमा आउन सक्ने महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सन्धिको आह्वान

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
world-health-organization-who.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीले पुरै विश्वलाई सङ्कटमा पारेपछि भविष्यमा आउने महामारीका लागि तयार रहन सन्धिको आह्वान गरिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर एन्जेला मर्केललगायत विभिन्न २४ मुलुकका प्रमुख नेताहरूले अन्तर्राष्ट्रिय महामारी सन्धिका लागि आह्वान गरेका हुन् ।

बेलायती पत्रिका टेलिग्राफलाई यी नेताहरूले कोरोना भाइरसको महामारीले सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित नरहने पाठ सिकाएको बताएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप आपूर्तिको तनाव बढेका बेला उनीहरूले अलगाववाद र राष्ट्रवादको अन्त्य गर्दै विश्व नै एक हुनुपर्ने माग अघि सारेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस अडानोम गेबेरियससँगै २४ मुलुकका राष्ट्र प्रमुखहरूले भविष्यमा आउने महामारीका लागि तयार रहन सन्धि गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

दोस्रो विश्व युद्धपछि भएको सम्झौता झैं यति बेला अर्को सम्झौताको आवश्यकता भएको उनीहरूले बताएका छन् । दोस्रो विश्व युद्धपछि विभिन्न देशका नेताहरूले विश्वभर एकता मुलुक शान्ति, समृद्धि र विकासको व्यवस्था गर्न सम्झौता गरेका थिए ।

सोही अनुसार महामारी सन्धिले अन्तर्राष्ट्रिय समुदायमा नीतिगत आपसी उत्तरदायित्व र साझा जिम्मेवारी, पारदर्शिता र सहकार्य बढाउने उनीहरूको विश्वास छ । 

कोरोना भाइरसको महामारी सन् १९४० को दशकपछि विश्व समुदायको सबैभन्दा ठुलो चुनौती भएको उनीहरूको भनाइ छ ।



लोकप्रिय समाचार
नयाँ