arrow

आन्दोलनरत थरुहटको वार्ता टोली र सरकारबीच वार्ता शुरु

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
tharuhat-sarkar_barta_toli.jpg

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित वार्ता टोली र थारु कल्याणकारी सभा, थारुहट/थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीबीच वार्ता सुरु भएको छ ।

पहिलो चरणको वार्तामा गृहमन्त्री बादल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् भने थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् ।

सरकारमा जान जसपा (जनता समाजवादी पार्टी)ले रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गर्ने माग राखे पछि , प्रधानमन्त्री केपी ओलीको निर्देशनमा वार्ता टोली गठन भएर वार्ता शुरु भएको हो। 

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा थिए ।

उक्त आन्दोलनमा गृहमन्त्री रामबहादुर थापा बादल आफै ऐक्यबद्धता जनाउन गएका थिए। उनले माइतीघरबाटै सरकार वार्ता गर्न तयार रहेको घोषण गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ