arrow

खनाल-नेपालसहित ११ नेताको संयुक्त वक्तब्य: ओली एमाले विभाजन गराउन सक्रिय छन्

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
kp-madhav-jN.jpg

काठमाडौं । नेकपा (एमाले)को वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेताले अध्यक्ष केपी शर्मा ‌ओलीले एमाले विभाजन गराउन सक्रिय भएको आरोप लगाएका छन् ।

मंगलबार उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने काम ओलीबाट भइरहेको र पार्टी विभाजन गराउन सक्रिय रहेको बताएका हुन् ।

फागुन २३ गतेको सर्वोच्चको फैसलापछि ओलीले पार्टीभित्र स्वेच्छाचारी गतिविधि अगाडि बढाउँदै लगेको र पार्टीभित्र अन्तरद्वन्द्ध चर्काउन दुराशय राखेको उनीहरुको आरोप छ ।

संयुक्त वक्तब्यमा भनिएको छ, ‘नेपाली जनताले ५ वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन् ।’

‘वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुठा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ । यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले) लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो’ वक्तब्यमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ