arrow

कोभिड १९

कोभिड १९ को उत्पत्ति प्रतिवेदनमा चौध देशको आशङ्का 

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
world-health-organization-who.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट हुने कोभिड १९ को उत्पत्तिका बारेमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न १४ राष्ट्रहरूले आशङ्का व्यक्त गरेका छन् ।

अनुसन्धानमा ढिलाइ र तथ्याङ्कको पूर्ण पहुँच नभएको कुरा उल्लेख गर्दै अमेरिका, अस्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया र इजरायललगायतका देशहरूले आशङ्का व्यक्त गरेका हुन् ।

मङ्गलवार डब्लुएचओको टिमले सार्वजनिक गरेको अध्ययन चीनको वुहानमा गरिएको अनुसन्धानमा आधारित थियो । सबैभन्दा पहिलो वुहानमै कोरोना भाइरस फेला परेको थियो ।

डब्लुएचओको टिमले गरेको अध्ययनले वुहान इन्स्ट्यिुट अफ भाइरोलोजिबाट नभई मध्यस्थकर्ता जनावरको माध्यमबाट मानिसमा कोरोना भाइरसको सरेको हुनसक्ने जनाएको थियो ।

सुरुमा अमेरिकाले वुहानको भाइरोलोजी ल्याबको अवस्था निकै जोखिमपूर्ण रहेको र त्यहाँबाटै भाइरस बाहिरिएको हुनसक्ने जनाएको थियो । 

त्यस्तै मङ्गलवार डब्लुएचओका प्रमुख टेड्रस अडानोम गेबेरियससले थप मजबुत निश्कर्षसहित अनुसन्धान गर्न माग गरेका छन् । मङ्गलवार समाचार ब्रिफिङका क्रममा उनले यो अनुसन्धान आफूलाई पर्याप्त नलागेको बताएका थिए ।



नयाँ