arrow

सरकारलाई दिएको समर्थन फिर्ता लिने ‘मुड’ मा माओवादी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १८ बुधबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । नयाँ सरकार गठनको गृहकार्यमा आन्तरिक रूपमा नै दलहरूसँग छलफल गर्दै आइरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । 

‘लगभग समर्थन फिर्ता लिने भन्ने भइसक्यो, तर कहिले लिने भन्ने मात्रै हो, पार्टीले निर्णय लिन्छ,’ माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले हाम्राकुरासँग भनिन् । 

नेतृ शशी श्रेष्ठलेसमेत सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको जानकारी दिइन् । ‘यही दिनमा नै लिने भन्ने त टुङ्गो छैन, तर फिर्ता लिने चाही पक्का हो, नेताहरूले छलफल गर्दै हुनुहुन्छ,’ नेतृ श्रेष्ठले भनिन् । 

मङ्गलवार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका थिए । सो भेटपछि माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा पुगेको बताइन्छ । 

कांग्रेसले भने अवस्था परिपक्व नभएको बताउँदै आइरहेको छ । माओवादी केन्द्रका अध्यक्षसँगको पछिल्लो भेटमा के भयो भन्ने बारे कांग्रेसले समसामयिक राजनीतिक अवस्थाका बारे छलफल भएको भन्ने बाहेक औपचारिक रूपमा मुख खोलेको छैन । 

माओवादी केन्द्रलेसमेत आफूले लिने निर्णयमा कांग्रेसको साथ खोज्दै आइरहेकाले कांग्रेसले दिएको सङ्केतका आधारमा नै अगाडीको बाटो तय गर्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ