arrow

कहाँ पुग्यो एमाले-जसपा कार्यदलको काम ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १८ बुधबार
UML-JSP-NCP1.jpg

काठमाडौँ। आफ्नो सत्ता लम्ब्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा ३४ सिट रहेको जनता समाजवादी पार्टीलाई फकाउन थालेका छन्। प्रधानमन्त्रीले जसपाले राखेका माग पूरा गर्ने प्रतिबद्धता पनि गरेका छन्। जसपाको एउटा पक्ष प्रधानमन्त्रीबाट आफ्ना माग पूरा हुनेमा आशावादी देखिएको छ। प्रधानमन्त्रीले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग पटक पटक कुराकानी र भेटघाट गरेका छन्। कहिले एक्लै भेटेका छन् भने कहिले संयुक्त भेट गरेका छन्। 

जसपाका नेता केशव झाले जसपाले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएको बताए। साथै प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भएको पनि दाबी गरे। ‘प्रधानमन्त्रीसँग कुराकानी भइरहेको छ। वार्ता सकारात्मक भएको छ’ झाले भने। जसपा सँग वार्ता गर्न प्रधानमन्त्रीले एउटा कार्यदल समेत गठन गरेका छन्।

कार्यदलमा सरकारको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाको तर्फबाट सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्। शुक्ल र कर्ण दुवै ठाकुरसँग निकट मानिन्छन्। कार्यदलले पनि आफ्नो तर्फबाट गृहकार्य गरिरहेको स्रोतको भनाइ छ। मधेस आन्दोलनको बेला लगाइएका मुद्दा कुन प्रक्रिया र कसरी खारेज गर्न सकिन्छ भन्ने विषयमा कार्यदलमा छलफल भइरहेको स्रोतेको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मुद्दाको हकमा सरकारले आफैँ मुद्दा फिर्ता लिन सक्छ तर अदालतमा दर्ता भएका मुद्दाको हकमा अदालती प्रक्रियामा जानु पर्ने बाध्यता रहेको जसपाका एक नेताले बताए।

जसपाले संविधान संशोधन गर्नु पर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, मधेस आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा खारेज गर्नु पर्ने, घाइतेहरूको उपचार गर्नु पर्ने लगायतका मुद्दा उठाउँदै आएको। माग पूरा भयो भने बाहिर बसेर सरकारलाई समर्थन गर्ने या सरकारमै  जान सक्ने सम्भावना रहेको जसपाका नेताहरूले बताउँदै आएका छन्।

तर, ठाकुरसँग फरक विचार राख्दै आएका जसपाका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने गरेका छैनन्। भट्टराई र यादव एमालेसँग मिलेर सरकार बनाउने लाइनको कडा विरोधी छन्। उनीहरू कुनै पनि अवस्थामा एमालेसँग मिल्नु हुँदैन भन्न अडानमा छन्। तर ठाकुरलाई राजेन्द्र महतो र अनिल झाले साथ दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ