arrow

स्पेन, फ्रान्स, इङ्गल्याण्ड र ईटाली विजयी हुँदा चिप्लियो जर्मनी, यस्तो छ नतिजा

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
france14.jpg

काठमाडौं । विश्वकप छनोट फुटबलको युइएफा समूह अन्तर्गतका खेलमा दाबेदार देशहरु स्पेन, फ्रान्स, इङ्गल्याण्ड र ईटाली विजयी हुँदा जर्मनी भने चिप्लिएको छ । समूह बी को खेलमा स्पेनले कोसोभोलाई ३–१ गोल अन्तरले हरायो । स्पेनलाई जिताउन डानियल ओल्मो, फेरान टोरेस र जेरार्ड मोरेनोले १–१ गोल गरे । 

सोही समूहको अर्को खेलमा ग्रीस र जर्जियाले १–१ गोलको बराबरी खेले ।  समूह सीको खेलमा ईटालीले लिथुआनियालाई २–० गोल अन्तरले हरायो । ईटालीका लागि स्टेफानो सेन्सी र सिरो इम्मोबाइलले १–१ गोल गरे । सोही समूहको अर्को खेलमा नर्दन आयरल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी खेले । 

समूह डी को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोबिनालाई १–० गोल अन्तरले हरायो । फ्रान्सको जितमा एन्टोइने ग्रेजम्यानको गोल निर्णायक बन्यो । 

यो समूहको अर्को खेलमा युक्रेन र काजखस्तानले १–१ गोलको बराबरी खेले । समूह एफको खेलमा डेनमार्कले अष्ट्रियालाई ४–० ले, इजरेलले मोल्डोभालाई ४–१ ले र स्कटल्याण्डले फारोइ आइल्याण्डलाई ४–० गोल अन्तरले हरायो । 

समूह आइको खेलमा इङ्गल्याण्डले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको छ । ह्यारी केन र ह्यारी मागुइरेलले एक एक गोल गरे । पोल्याण्डका जाकुब मोडरले एक गोल फर्काए । 

सोही समूहका खेलमा हंगेरीले एन्डोरालाई ४–१ तथा अल्बानियाले सान मारिनोलाई २–० गोल अन्तरले हरायो । 

समूह जे को खेलमा भने जर्मनी पराजित भएको छ । जर्मनी घरेलु मैदानमा नर्थ मेसेडोनियासँग २–१ गोल अन्तरले हरायो । जर्मनीका लागि इल्के गुन्डोगानले गोल गरे भने मेसेडोनियाका लागि गोरान पान्डेभ र इल्जिफ इल्मासले गोल गरेर महत्वपूर्ण जित दिलाए । 

यो समूहमा अर्मेनियाले रोमानियालाई ३–२ गोल अन्तरले हराउँदा आइसल्याण्डले लिचेस्टेनलाई ४–१ गोल अन्तरले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ