arrow

एमालेका नेताद्वय पाण्डे र भुषाल ६ महिनाका लागि निलम्बित

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
ghanashyam-bhusal1.jpg

काठमाडौं । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा एमालेका सुरेन्द्र पाण्डे र घनश्याम भुषाल ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

दोस्रोपटक सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै नेताद्वयलाई निलम्बन गरिएको पत्र उनीहरुलाई पठाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित पत्रमा अहिलेकै गतिविधि जारी राखे थप कडा कारवाही हुने र सच्चिनका लागि यो अन्तिम मौका भएको उल्लेख गरिएको छ ।

यसअघि माधवकुमार नेपाल र भीम रावललाई नेकपा एमालेले कारवाही गरेको थियो। भुसाल र पाण्डे दुवैले पार्टी अध्यक्ष ओलीको कदमको कडा आलोचना गर्दै जवाफ फर्काएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ