- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पश्चिमी वायु सक्रिय भएपछि बुधबार साँझदेखि काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।
देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ भने बाँकी भू-भागमा बदली नरहे तापनि तुवाँलो देखिएको छ ।
काठमाडौँको आकासमा पनि सामान्य तुवाँलो देखिन्छ । बिहिवार देशका पहाडी भेगमा बदली हुनका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन, चट्टयाङगसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार काठमाडौँमा ९ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २० र ओखलढुङ्गामा १७ मिलिमिटर वर्षा भएको छ । बिहिवार काठमाडौँको न्यूनतम १३ दशमलव ६ र अधिकतम २६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।