arrow

रेशमको रिहाइबारे डा.भट्टराईको टिप्पणी : जसपाले ओलीतन्त्रको घाँस खान्न ! 

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रेशम चौधरीलगायतका बन्दीको रिहाइका लागि प्रधानमन्त्री केपी ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।

विहीबार सामाजिक संजालमार्फत डा.भट्टराईले रेशमको रिहाइको प्रसंग जोड्दै बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो र भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस कम्युनिष्ट पंचायत छिरेका थिए ?  जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ