arrow

ओलीले पार्टीलाई गुट बनाए, त्यो गुट अहिले राज्य दोहनको गिरोह बनेको छ : घनश्याम भुषाल

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
ghanasyam_bhusal.jpg

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गुट अहिले राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाएका छन् ।

स्पष्टीकरण चिन्त बुझ्दो नभएको भन्दै पार्टीले ६ महिनाका लागि निलम्बन गरेपछि विहीबार सामाजिक संजालमार्फत उनले एउटा धेरै राम्रो पार्टीलाई ओलीले गुटमा बदलेको समेत बताए ।

उनले लेखेका छन् ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।’

त्यस्तै भुषालले अगाडि भनेका छन् ‘उनका लागि संसारमा या त चाकर छन् या शत्रु । उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ ।'

ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने पनि भुषालले उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेता अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र भुषाल ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ