arrow

यी हुन नेपाल पक्षका १५ जिल्लाका १५ कमान्डर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १९ बिहिबार
madhav-kumar-nepal-.jpg

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षले १५ जिल्लामा समानान्तर कमिटी बनाएको छ। देशभर समानान्तर कमिटी गठन गर्ने क्रममा पहिलो चरणमा गण्डकी प्रदेशका सबै जिल्ला कमिटीहरू बनाएका छन्। अन्य पूर्वमा चार जिल्लामा पनि समानान्तर कमिटी बनाइसकेका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मात्रै पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशको कमान्ड सम्हाल्दै सबै जिल्लामा समानान्तर जिल्ला कमिटी बनाएका छन्।

माधव नेपाल समूहले कलङ्कीको मेघा पार्टी प्यालेसमा दुई दिनसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गण्डकीमा सुरेन्द्र पाण्डे, प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज तोकेर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो।

त्यही अनुसार एमाले अध्यक्ष ओलीले निलम्बन गरेका नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। कास्कीमा बिहीबार माधव नेपालकै उपस्थितिमा भएको भेलाबाट पाण्डेलाई प्रदेश संयोजक तोकेको छ। पाण्डेले २५ सदस्यीय सचिवालय समेत बनाएका छन्। केन्द्रीय सदस्य दिलु पन्तका अनुसार गण्डकी प्रदेशका सबै जिल्लामा अध्यक्ष र सचिव चयन भइसकेका छन्। उनका अनुसार प्रदेश कमिटीको सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली चयन भएका छन्। ‘देशभर नै समानान्तर कमिटी बनाउने निर्णय भएको छ त्यही अनुसार गण्डकीका सबै जिल्लामा समानान्तर कमिटी बनेको हो’, केन्द्रीय सदस्य पन्तले भनिन।

एमालेको बचश्व रहेको गण्डकी प्रदेशमा पार्टीमा लामो समय काम गरेका नेताहरू आबद्ध भएकाले पनि पाण्डेलाई संयोजक बनाउनु परेको हो। पार्टीको स्थापना काल देखिनै लागेको धेरै जसो नेताहरू माधव नेपाल पक्षमा खुलेर लागेका छन्। बिहीबारको भेलाले गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ।

केन्द्रीय सदस्य पन्तका अनुसार जस अनुसार कास्कीमा अध्यक्ष धनराज आचार्य र सचिवमा होम नेपाली चयन गरिएको छ। स्याङ्जामा अध्यक्ष रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी चयन गरिएको छ। म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर र सचिवमा पदमपाणी शर्मा चयन भएका छन्।

शर्मा भने ओली पक्षका नेता आनन्द पोखरेलका छोरी ज्वाइँ हुन्। त्यस्तै तनहुँमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् भने गोरखामा यसअघि उपाध्यक्ष यादव बस्नेतको नेतृत्वमा समिति गठन गरिएको  र कार्यालय समेत सञ्चालनमा आइसकेको छ। नवलपुर र लमजुङमा पनि अध्यक्ष र सचिव चयन भैसकेको केन्द्रीय सदस्य पन्तले बताइन।

नेपाल पक्षले यसअघि खोटाङमा बबी चाम्लिङलाई अध्यक्षमा चयन गरिसकेको छ। यसै गरी सर्लाहीमा रेवती पन्त चयन भैसकेका छन्। सर्लाहीमा ओली समूहले पन्तलाई अध्यक्ष अस्वीकार गरिसकेको छ। भोजपुरमा शरण राईलाई संयोजक तोकिएको छ। सङ्खुवासभामा हेमराज घिमिरेको नेतृत्वमा जिल्ला कमिटी  पुनर्गठन भएको छ।

तेह्रथुमको जिल्ला कमिटीमा एक पदाधिकारी बाहेक सबै नेपाल पक्षमै रहेका छन्। त्यस्तै अर्घाखाँचीमा रामबहादुर चौहानलाई संयोजक बनाइएको छ। त्यस्तै युवा सङ्घमा नरेश शाही, विद्यार्थीमा सुरेश पराजुलीलाई अध्यक्ष बनाइसकेको छ। युवा सङ्घको भने छुट्टै कार्यालय बनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ