arrow

भारतमा छ महिनायताकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए 

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
corona-india-vaccine.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढेका छन् । बिहीबार ६ महिना यताकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । बिहीबार ८१ हजार ३९८ जना नयाँ संक्रमित थपिएका छन् । 

यो आँकडा गत अक्टोबर १ पछिको सबैभन्दा बढी हो । अक्टोबर १ मा ८१ हजार ७८५ जना संक्रमित थपिएका थिए । योसँगै कुल संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ । 

भारतमा सक्रिय संक्रमित ६ लाख १० हजार ९२५ पुगिसकेको छ । बिहीबार ४६८ जनाको ज्यान गएको छ । लगातार दोस्रो दिन ४५० भन्दा बढीको ज्यान गएको हो । अहिलेसम्म १ लाख ६३ हजार ४२८ को ज्यान गइसकेको छ । 

बिहीबार ५० हजार ३८४ जना संक्रमणमुक्त भएका छन् । १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बिहीबार एकै दिन महाराष्ट्रमा ४३ हजार १८३ जना संक्रमित थपिएका छन् । एकैदिन २४९ जनाले ज्यान गुमाएका छन् । 

भारतमा कोरोना भाइरस विरुद्धको खोप पनि तीव्र गतिमा चलिरहेको छ । 



लोकप्रिय समाचार
नयाँ