arrow

वातावरण मन्त्रालय खोज्दै सिंहदरबारको मूल गेटमा प्रदर्शन

'हरियो वन भ्रष्टाचारीको धन' 

logo
विना सुवेदी,
प्रकाशित २०७७ चैत २० शुक्रबार
protest-environment-ktm.jpg

काठमाडौं। वायु प्रदूषण तीव्र गतिमा बढ्दा पनि सरकारले नागरिकको जीवनमाथि खेलबाड गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । विभिन्न नारा लेखिएका प्लेकार्डसहित सिंहदरबारको मूल गेट अगाडी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रदर्शनमा उत्रिएकाहरूले स्वास्थ्य सङ्कटकाल घोषणा गर्न माग गरेका छन् भने उनीहरूले प्रदूषणको तह उच्च गतिमा बढ्दा पनि वातावरण मन्त्रालयले मुख नखोलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

प्रदर्शनकारीहरूले ‘वातावरण मन्त्रालय हराएको सूचना’, स्वास्थ्य सङ्कटकाल घोषणा गर, नागरिकको स्वास्थ्यमाथिको खेलबाड बन्द गर, हाम्रो आन्दोलन हरियो छ, 'रुख काट्न पाइँदैन, यस्तो विकास चाहिँदैन', 'हरियो वन भ्रष्टाचारीको धन' जस्ता नारा लगाएका छन् । 

पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ ।

देशका विभिन्न भागका जङ्गलमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । स्वास्थ्य तथा वातावरण सम्बन्धित विज्ञहरूले वायु प्रदूषणका कारण जन स्वास्थ्यमा व्यापक असर पर्न सक्ने भन्दै सचेत गराउँदै आइरहेका छन् । तर सरकारले भने सुने नसुने झैं गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ