arrow

इरान र विश्व शक्ति राष्ट्रहरूबीच मङ्गलवार भियनामा आणविक वार्ता हुने

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
iran-nuclear.jpg

काठमाडौं । इरान र अन्य विश्व शक्ति राष्ट्रहरूबीच आउँदो मङ्गलवार अष्ट्रियाको भियनामा आणविक वार्ता हुने भएको छ । शुक्रवार बसको इरान, चीन, रुस, जर्मनी, बेलायत र फ्रान्सका अधिकारीहरूको भर्चुअल बैठकले मङ्गलवार वार्ता गर्ने निर्णय गरेको हो ।

इरानको आणविक हतियार बनाउने योजनालाई कठिन बनाउन एवं रोक्नका लागि सन् २०१५ मा इरानसँग अन्य शक्ति राष्ट्रहरूले आणविक सम्झौता गरेका थिए । सो अन्तर्गत इरानलाई आणविक गतिविधिमा सीमितता तोकेका थियो ।

तर, सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट हात झिकेका थिए । एक वर्षसम्म पुन वार्ताका लागि रोकेको इरानले पछि आणविक हतियारसम्बन्धीका गतिविधि बढाएको थियो । 

अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले इरानलाई आणविक गतिविधिमा नियन्त्रण गर्नका लागि फेरि वार्ता अघि सारेको हो । अहिले अष्ट्रियाको भियना र नजिकका दुई प्रान्तमा कोरोना भाइरसको नयाँ स्वरूपले सङ्क्रमण बढाएको छ ।

यसको न्यूनीकरणका लागि अप्रिल १ देखि लागु भएको  लकडाउनकाबीच आणविक वार्ता हुने भएको हो । इरानमाथि अमेरिकालगायतले लगाएका आर्थिक र अन्य प्रतिबन्धबाट फुकुवा हुनका लागि इरानले वार्ता गर्न खोजिरहेको छ ।

तर, यस पटक इरानले भने पहिलेका जति सीमितता नमान्ने र सुरुमा सबै प्रतिबन्ध हटाइएमा मात्रै वार्ता फर्किने बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ