arrow

दाङ यात्रुबाहक बस दुर्घटनामा दुईको मृत्यु

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
accident-sankhuwashaba.jpg

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै शुक्रवार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

 मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।

 घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ