arrow

वर्माको घट्नाप्रति डेमोक्रेट युनियनद्वारा भत्र्सना, नेपाली समूदायको जीवन रक्षाको माग

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
manmma.jpg

काठमाडौं। नेपाल डेमोक्रेट युनियनले वर्मामा लोकतान्त्रिक सरकारको पुनर्बहाली साथै नेपाली मूलका नागरिकहरुको पक्षमा आवाज उठाएको छ ।त्यहाँ रहेका नेपाली मुलका नागरिकहरुको जीउ-ज्यान तथा सम्पत्तिको रक्षा र तिनको लोकतान्त्रिक अधिकार एवं मानव अधिकारको सुरक्षाका लागि यथोचित कदम गम्भीरताका साथ चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

युनियनका अध्यक्ष सिद्धार्थ गौतमले म्यानमारमा बन्दूकको बलमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको अवैधानिक सैनिक सरकारले लोकतन्त्र र मानव अधिकारको पुनर्बहालीका लागि प्रदर्शन गरिरहेका म्यानमारका जनताको दिन-प्रतिदिन हत्या भईरहेको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

बर्मेली प्रजातान्त्रिक आन्दोलनको क्रममा ६०० भन्दा बढी शहिद भएका छन् जो फालेन स्टारर्सको रुपमा सधैँ सम्झनामा रहि रहने बताउंदै युनियनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको जघन्य अपराधिक सैन्य कार्यवाहीको भत्र्सना गर्नुपर्दछ । यस जघन्य अपराधले नेपाल डेमोक्रेट युनियनलाई गहिरो चोट पुर्‍याएको छ । वर्माको जघन्य सैन्य ‘कू’को खिलाफमा तत्काल संयुक्त राष्ट्र संघसँग एउटा आपातकालीन सम्मेलन बोलाउन पनि एनडीयु आग्रह गर्दछ ।’

लाखौं नेपालीको बसोबास भएको म्यानमारमा सैनिक सरकारले मच्चाएको वितण्डाबाट नेपाली समुदाय समेत पीडित बनेको र हजारौं नेपाली म्यानमार छोडेर बाहिरिएको घट्ना नेपाली मात्रका लागि थप चिन्तित र क्रुद्ध बनाउने घटना हो, अध्यक्ष गौतमले भनेका छन् ।

नेपाल डेमोक्रेट युुनियनले घटनाको तीव्र निन्दा गर्दै सेनाद्वारा नजरबन्द गरिएकी जननिर्वाचित लोकतन्त्रवादी नेत्री आङ सान सुचीको तत्काल रिहाइ, उनको पार्टी एनएलडी माथीको प्रतिबन्ध फुकुवा र म्यानमारमा तत्काल प्रजातन्त्रको पुनर्बहालीको माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ