arrow

भारतमा कोरोनाको स्थिति भयावह, फर्कियो पुरानै अवस्थामा

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
corona-india-test5.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण पुरानै अवस्थामा पुगेको छ । शुक्रबार गत सेप्टेम्बरको जस्तै चरम अवस्थामा संक्रमित पाइएका छन् । शुक्रबार ८९ हजार १९ जना संक्रमित थपिएका छन् । 

शुक्रबार विश्वमै सबैभन्दा बढी संक्रमित भारतमा पाइएका हुन् । बिहीबार ६ महिना यताकै सबैभन्दा बढी संक्रमित थपिने क्रममा ८१ हजार ३९८ जना नयाँ संक्रमित थपिएका थिए । शुक्रबार त्यो आँकडा पनि पार भएको हो । 

योसँगै कुल संक्रमितको संख्या १ करोड २३ लाख ९१ हजार १२९ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित ६ लाख ५५ हजार ४८ पुगिसकेको छ । मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७१३ जनाको ज्यान गएको छ । 

बिहीबार ४६८ जनाको ज्यान गएको थियो । लगातार तेस्रो दिन ४५० भन्दा बढीको ज्यान गएको हो । अहिलेसम्म १ लाख ६४ हजार १४१ को ज्यान गइसकेको छ । 

बिहीबार ४४ हजार १७६ जना संक्रमणमुक्त भएका छन् । १ करोड १५ लाख ६७ हजार ६० जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शुक्रबार एकै दिन महाराष्ट्रमा ४७ हजार ९१३ जना संक्रमित थपिएका छन् । एकैदिन ४८१ जनाले ज्यान गुमाएका छन् । 

नेपालसँग सीमा जोडिएको बिहारमा ६६२ जना संक्रमित थपिँदा २ हजार ३६३ जना सक्रिय संक्रमित पुगेका छन् । २ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
नयाँ