arrow

ओलीको सोच अहिलेपनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित छ: देव गुरुङ

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
dev-gurung-(2).jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउन पहल गर्ने नेपाली कांग्रेसको हिजोको निर्णयको स्वागत गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्द उनले भने,‘कांग्रेसको हिजोको निर्णय स्वागतयोग्य छ ।’ उनले पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेको र उक्त कदम सच्चिनुपर्ने भनेको र अदालतले संसद पूनःस्थापना गरेपनि अहिले संसद् सुचारु नभएको गुनासो पोखे ।

प्रधानमन्त्री ओलीको सोच अहिलेपनि संसद् विघटन गर्नेतर्फ नै केन्द्रित रहेको उनको आरोप छ । उनले भने,‘हालै राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि उहाँले पटक पटक यो संसद चल्न सक्दैन् र फेरि पनि विघटन गर्नुपर्ने कुरा राख्नुभयो । संसद विघटन गर्न सहमति चाहियो भन्नुभयो । प्रधानमन्त्री पुष ५ गतेकै मनस्थितिमा हुनुहुन्छ ।’

उनले वर्तमान सरकारले संविधानविरोधी काम गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने थियो भन्ने भनाई राखे । उनले भने,‘संविधानतः हामीले पुष ५ गते समर्थन फिर्ता लिएसरह हो । यो सरकार त संसद विघटन गर्नेबित्तिकै कामचलाउ सरकार हो ।’

उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु वा नलिनुको कुै अर्थ नभएको पनि जिकिर गरे । उनले भने,‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विभाजन गरिदियो । यो सरकार स्वतः केयर टेकरमा परिणत भैसक्यो । धारा १०२ अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’ उनले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि पनि आफूहरु खुल्ला नै रहेको जिकिर गरे ।

ओलीले राजीनामा दिनपनि नमानेको र केयर टेकर भनेर स्वीकार पनि नगरेको उनले सुनाए । उनले अब दलहरुको बीचमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव मुभ गर्ने कि समर्थन फिर्ता लिनेबारे जे सहमति हुन्छ त्यसमा आफूहरु ओपन रहेको स्पष्ट पारे । उनले संविधानको रक्षा गर्नुको विकल्प नभएको बताए ।

उनले संविधानको रक्षा गर्ने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने जनाए । उनले भने,‘अहिले संविधान रोज्ने कि यात प्रधानमन्त्रीज्यू रोज्ने भन्ने स्थिति पैदा भएको छ । यो अवस्थामा हामी अग्रगमनको पक्षमा जानुको विकल्प छैन् ।’ कांग्रेसले हिजो गरेको निर्णयले एउटा ढोका खुलेको भन्दै अब यहीअनुसार प्रक्रिया अघि बढ्ने गुरुङको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ