arrow

बङ्गलादेशमा एक हप्ते लकडाउनको घोषणा

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत २१ शनिबार
bangladesh-lockdown.jpg

ढाका। कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ। स्थानीय समय अनुसार यही अप्रिल ५ देखि लागू हुने गरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।

बङ्गलादेशका सडक, यातायात तथा पुल मन्त्री अब्दुल क्वाडरले शनिवार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए।  अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरूले बताएका छन्।

बङ्गलादेशमा अहिलेसम्म छ लाख ३० हजार २७७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एक दिनमा सङ्क्रमित भएका हुन्।

पछिल्लो २४ घण्टामा बङ्गलादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ। योसँगै बङ्गलादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या नौ हजार २१३ पुगेको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ