arrow

भारतमा लगातार दोस्रो दिन विश्वभरकै सबैभन्दा बढी कोरोना संक्रमित, स्थिति नियन्त्रणबाहिर 

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
corona-india-vaccine-line.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणबाहिर पुगेको छ । लगातार दोस्रो दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरकै जस्तो अवस्थामा पुगेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

शुक्रबार ८९ हजार १९ जना संक्रमित थपिएकामा शनिबार त्यो संख्या बढेर ९२ हजार ९९४ पुगेको छ । बिहीबार ६ महिना यताकै सबैभन्दा बढी संक्रमित थपिने क्रममा ८१ हजार ३९८ जना नयाँ संक्रमित थपिएका थिए । 

योसँगै कुल संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित ६ लाख ८७ हजार ४३३ पुगिसकेको छ । मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको छ । बिहीबार ४६८ जनाको ज्यान गएको थियो । 

लगातार चौथो दिन ४५० भन्दा बढीको ज्यान गएको हो । अहिलेसम्म १ लाख ६४ हजार ६५५ को ज्यान गइसकेको छ । 

शनिबार ६० हजार ५९ जना संक्रमणमुक्त भएका छन् । १ करोड १६ लाख २७ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शनिबार एकैदिन ४९ हजार ४४७ जना संक्रमित थपिएका छन् । २७७ जनाको ज्यान गएको छ । शुक्रबार एकै दिन महाराष्ट्रमा ४७ हजार ९१३ जना संक्रमित थपिएका थिए । एकैदिन ४८१ जनाले ज्यान गुमाएका थिए । 

नेपालसँग सीमा जोडिएको बिहारमा शनिबार ८३६ जना संक्रमित थपिएका छन् । शुक्रबार ६६२ जना संक्रमित थपिएका थिए । 

नियन्त्रणको नजिक पुगेको बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर २ हजार ९४२ पुगेका छन् । 



लोकप्रिय समाचार
नयाँ