arrow

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित 

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
maobadi-kendra.jpg.png

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य पम्फा भुषालले हाम्राकुरालाई बताइन् । 

नेतृ भुषालले छोटो प्रतिक्रियामा बैठक स्थगित भएको कारण जानकारी दिइनन् । आइतबारको बैठकलाई धेरै प्रतिक्षाका साथ हेरिएको थियो । 

यही बैठकबाटै माओवादीले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने अपेक्षा गरिएको थियो । 

तर यस विषयमै अन्योल देखिएपछि माओवादीको बैठक स्थगित गरिएको बुझिएको छ । 

यद्यपि नेताहरुका भने फरक फरक भनाइ मिडियामा आएका छन् । नारायणकाजी श्रेष्ठले आइतबारको बैठकले समर्थन फिर्ता नलिने प्रतिक्रिया जनाएका थिए । 

अर्का नेता वर्षमान पुनले समर्थन फिर्ता लिन सकिने सम्भावना रहेको बताएका थिए । 

अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले भने शनिबारै अब निर्णायक बैठक हुने संकेत गर्दै आइतबारै समर्थन फिर्ता लिन सकिने उद्घोष गरेका थिए । 

तर अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ । बैठक अब कहिले बस्छ भन्ने पनि टुङ्गो छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ