arrow

 डा.भट्टराईको ट्वीट: 'भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र!’

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
babu11.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैदेशिक रोजगारीमा गएका १२ जना नेपालीको शव एकसाथ ल्याउनु दुःखद भएको उल्लेख गरेका छन् ।

वैदेशिक रोजजारीमा गएका १२ जना नेपालीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने खबर पाएर आइतबार विमानस्थलमै पुगेका डा.भट्टराईले  सामाजिक संजालमा लेखेका छन्,‘आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’

१२ जना नेपाली मध्ये गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो।

केही तस्विरहरु पोष्ट गर्दै डा.भट्टराईले लेखेका छन्, ‘कस्तो दुःखद अवस्था ! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा– २सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’

आफ्नै निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममा निधन भएपछि श्रद्धाञ्जली दिन भट्टराई विमानस्थल पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ