- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जोर्डनका राजा अब्दुल्लाह द्वितीयका सौतेनी भाइ राजकुमार हमजा बिन अल हुसेनले आफू नजरबन्दमा राखिएको बताएका छन् । पूर्व युवराज हुसेनले आफूलाई बाहिर जान नदिइएको र अन्य मानिसहरुसँग सम्पर्क समेत गर्न नदिएको भन्दै एक भिडियो सार्वजनिक गरेका छन् ।
राजकुमार हुसेनका वकिलले उक्त भिडियो बीबीसीलाई दिएका थिए । भिडियोमा राजकुमार हुसेनले जोर्डनको शासन प्रणाली भ्रष्ट र उत्पीडनकारी भएको आरोप लगाएका छन् ।
जोर्डनको सेनाले भने उनलाई नजरबन्दमा राखिएको कुरा अस्वीकार गरेको छ । पक्राउ गरिएको नभई जोर्डनको सुरक्षा र स्थिरतालाई लक्षित गर्न भइरहेका आन्दोलन र गतिविधिहरू रोक्न भनिएको उनले बताएका छन् ।
अब्दुल्लाह द्वितीयको सरकारमाथि खतरा सिर्जना हुनसक्ने सङ्केतसँगै अहिले त्यहाँ झण्डै २० अधिकारीहरूलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा पूर्व राजपरिवारका सदस्यहरू समेत रहेका छन् । २० लाख प्यालेस्टेनीहरुको जनसङ्ख्या रहेको जोर्डनले सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गरेका सियो ।
जोर्डन अमेरिकाको निकट मित्र मानिन्छ । कोरोना भाइरसको महामारीले निम्त्याएको सङ्कटमा गत अगस्तमा जोर्डनलाई अमेरिकाले करिब ७० करोड अमेरिकी डलर प्रदान गरेका थियो ।