arrow

ओलीसँग कुनै हालतमा झुक्दैनौं, छाती खोलेर लड्छौं : माधव नेपाल

‘विकास निर्माणका नाममा ओलीले तामासा देखाए'

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
madhav-kumar-nepal-protest-2021.jpg

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू केपी शर्मा ओलीसँग कुनै हालतमा नझुक्ने बताएका छन् ।

काठमाडौंमा खनाल-नेपाल पक्षीय जिल्ला भेलालाई आइतबार सम्बोधन गर्दै  उनले भने, ‘मानिसहरु भन्छन्, एउटा ओलीसामू झुक्ने, अर्को गेरुवस्त्र लगाउने पनि विकल्प छ । तर हामी त्यता जाँदैनौं । दृढताका साथ छाती खोलेर लड्छौं। कम्युनिस्ट आन्दोलन रक्षा गर्छौ ।’

नेपालले विकास निर्माणका नाममा ओलीले तामासा देखाइरहेको आरोप पनि लगाए ।  शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकहरुको एकसाथ शुभारम्भ गरेकोमा उनले आपत्ति जनाए । 

उनले भने, डिपिआर छैन, कति लागत हो त्यो पनि छैन । बालुवाटारमा बस्यो, स्वीच थिचेर शिलान्यास गर्यो । सबै ठाउँमा नाम लेखाउन कस्तो रहर हो । कति फोटो टाँस्ने रहर हो । आफ्नै कोठामा झुण्ड्याए भैगो नि, किन अरुलाई दुःख दिनु ?’

त्यस्तै ओलीले प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति ओलीमा रहेको आरोप पनि लगाए । ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको पनि नेपालको भनाइ छ ।

उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता आफूहरु नै रहेको दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ