arrow

भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

logo
रासस-एएनआई
प्रकाशित २०७७ चैत २२ आइतबार
indian-maoist-naxalite.jpg

विजपुर, छत्तीसगढ। भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिवार घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

“छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरूको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले जानकारी दिए। 

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरू खतरामुक्त रहेको बताएका छन् । उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरूको खोजी भइरहेको पनि पत्रकारहरूलाई जानकारी दिए । 

केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राखेको पनि मुख्यमन्त्री बघेलले बताए ।  



लोकप्रिय समाचार
नयाँ