arrow

नेपाल टेलिभिजनका ६ जनालाई जिम्मेवारीमुक्त गर्न लेखा समितिको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असार १२ आइतबार
Laxman-Humagai.jpeg.jpeg
काठमाडौं । मिडियाको व्यापारिक कारोवार गर्ने वर्ड भिजन मिडिया वाईङ हाउससंगको मिलेमतोमा नक्कली कागजपत्र बनाई ९ करोड ६६ लाख रुपैयामा अनियमितता गरेका नेपाल टेलिभिजनका महाप्रवन्धकसहित केही कर्मचारी फेरि फन्दामा पर्ने भएका छन् । 
 
नक्कली बैंक ग्यारेन्टी बनाई १७ पटकसम्म नविकरण गर्ने टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईलाई बर्खास्त गर्न संचालक समितिले गरेको सिफारिस कार्यान्वयन गर्न संसदको लेखा समितिले निर्देशन दिएपछि उनीहरु फेरि फन्दामा पर्ने भएका हुन् । 
 
समितिले हुमागाईलाई जिम्मेवारीबाट हटाउँदै उनको मिलेमतोमा साथ दिने अरु पाँच जना कर्मचारीलाई पनि कारवाही गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नेपाल टेलिभिजनमा भएको अनियमितताका दोषीलाई कारवाहीको सिफारिस कायान्वयन गर्न संसदीय उपसमित समेत गठन गरेको छ । 
 
डोरप्रसाद उपाध्यायको संयोजकत्वको समितिमा सांसदहरु मोहन बस्नेत, पशुपति चौलागाई र विकास लम्साल रहेका छन् । एक महिला सदस्य पछि थपिने भएको छ । समितिलाई  अनियमिततामा संलग्नहरुलाई कारवाही गर्न गरिएको सिफारिस कार्यान्वयन गर्न र एक महिना भित्रमा अध्ययन प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ । 
 
टेलिभिजन भित्रका संगठनहरु कर्मचारी युनीयन, पत्रकार महासंघ लगायतले संयुक्त आन्दोलन गरी महाप्रवन्धक हुमागाईलाई कार्यालय प्रवेशमा रोक लगाएपछि २०७१ सालको फागुन ९ गते देखि मन्त्रालयमा हाजिर गर्दैै जागिर खाँदै आएका थिए । नेकपा एमालेका नेता शेरधन राई सूचना तथा सञ्चार मन्त्री भएर आएपछि अनेक कागजपत्र मिलाएर उनको पुनःवहाली भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ