arrow

मौसम बिग्रियो, तुवाँलोले ढाक्यो काठमाडौं, मध्य र पूर्वी भाग

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
weather-.JPG

काठमाडौं । देशैभरको मौसम बिग्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । 

मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली रहेको छ । पश्चिमी पहाडी क्षेत्रमा भने यसको प्रभाव कम रहेको छ । 

आंशिक बदलीकै कारण केही भूभागमा वर्षा हुन सक्ने अर्यालले बताए । उनका अनुसार काठमाडौं, मध्य र पूर्वमा बढी नै मात्रामा तुवाँलो देखिएको छ । 

उनका अनुसार अहिले डेढलो सपोर्टमात्रै भए पनि प्रदूषणकै कारणले मुलुकभर असर परेको हो । सबैभन्दा बढी असर काठमाडौंमा परेको छ । 

समयमा पानी नपर्दा, हावा हुरी नआउँदा र वायुमण्डल स्थिर हुँदा प्रदूषण बढेको मौसमविद् अर्यालले बताए । 

सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।  सुदुरपश्चिम प्रदेशका  पहाडी भूभागका  एक दुई स्थानमा  फाटफुट–हल्का वर्षाको समेत सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ