arrow

बिहान ढल्दै जाँदा काठमाडौंमा बढ्दो प्रदूषण  

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
air-quality-index-kathmandu.JPG

काठमाडौं । काठमाडौं फेरि विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबारको बिहान ढल्दै जाँदा प्रदूषण झन् बढेको छ । बिहान ९ बजे प्रदूषण बढेर ३३१ एयर क्वालिटी इन्डेक्स (एक्यूआई) पुगेको छ । सोमबार बिहान पौने ८ बजेको समयमा काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित शहर बन्ने क्रममा एक्यूआई २७८ थियो । 

अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित रहेको आईईक्यूएयरडटकमले जनाएको छ । 

यसअघि पनि पटक पटक काठमाडौं सर्वाधिक प्रदूषित शहर भइसकेको छ । 

चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ । आइतबार मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको छ । 

हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ