arrow

घरघरमा सबैको कोरोना परीक्षण, हप्तामा दुई दिन गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
corona-test-england.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी रोक्नका लागि बेलायतमा विशेष योजना ल्याइँदै छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्दै कोरोनाबाट मुक्त भएर आरामदायी जीवन बिताउन सोमबार बेलुकी प्रेस सम्मेलन गरी सुझाउने छन् ।  

डेलीमेलका अनुसार उनले दैनिकी जीवन पनि संचालन गर्ने र कोरोना नफैलियोस् भन्नका लागि घरघरमा हप्ताको दुईपटक कोरोना परीक्षण गर्न सुझाउने भएका हुन् । 

उनले मुलुकलाई हलकडाउनबाट रिलिज गर्दै अर्को हप्तादेखि पब, रेस्टुरेन्ट, क्याफे र शैलुन खुल्ला भएको घोषणा गर्नेछन् । अफ्रिल १२ तारिखदेखि यी सबै खुला हुनेछन् । 

कोरोना परीक्षणका लागि करोडौं पाउण्डको योजना सार्वजनिक गरिने छ । यसपछि अर्थतन्त्र पुनः खुला हुने विश्वास गरिएको छ । 

हप्ताको दुई पटक एकै जनाले परीक्षण गर्दा लाग्ने खर्चको लेखाजोखा पनि सरकारले गरिसकेको बताइन्छ । यसका लागि सरकारले ठूलो रकम जम्मा गरेको हो । 

कोरोनाको द्रुत परीक्षण केबल आधा घण्टामै हुनेछ । जसका लागि ल्याबमा लैजानुपर्ने आवश्यकता पनि हुने छैन । 

यो परीक्षण घरमै बसेर गर्न सकिने छ । प्रधानमन्त्री जोनसनले आइतबार राति परीक्षण कार्यक्रमका लागि ठूलो त्यागको जरुरी रहेको र यो खेर नजाने बताएका छन् । 

बेलायती स्वास्थय सुरक्षा एजेन्सीले हप्ताको दुई पटक गरिने परीक्षणले बेलायतलाई छिट्टै सामान्य अवस्थामा ल्याउने विश्वास गरेको छ । 

पछिल्लो समय बेलायतमा संक्रमित र मृतक घट्दै गइरहेका छन् । 

आइतबार (४ अप्रिलमा) सबैभन्दा कम १० जनाको मृत्यु भएको छ । यो गत सेप्टेम्बर १४ पछिको सबैभन्दा कम तथ्यांक हो । 

विश्वकै छैटौं कोरोना प्रभावित बेलायतमा अहिलेसम्म ४३ लाख ५९ हजार ३८८ जना संक्रमित भएका छन् । आइतबार २ हजार २९७ जना संक्रमित भए । 

अहिलेसम्म १ लाख २६ हजार ८३६ जनाको ज्यान गइसकेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ