arrow

इन्डोनेसियामा बाढी र पहिरोमा परी करिब ९० जनाको मृत्यु

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७७ चैत २३ सोमबार
indonesia4.jpg

जकार्ता । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।  

यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा ६६ र  इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताएका छन् । इस्ट टिमोरको राजधानी दिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । 

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।



लोकप्रिय समाचार
नयाँ