arrow

नेपालमा बढ्दै संक्रमण, उपत्यकामा १ सय ३६ मा पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
nepal-corona_1617627379.jpg

काठमाडौँ ।  नेपालमा पछिल्लो समय कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो समय १ सय ३६ मा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् । 

देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार  हजार ५ सय ३६  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख  ७८ हजार २ सय १० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १ सय २ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३ सय ४२   रहेको छ । निको हुने दर भने ९८ दशमलव ३ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या एक हजार ८ सय ३२ रहेको छ । उनीहरूमध्ये ६४ जना क्वारेनटिनमा छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २२  लाख ८२  हजार ८ सय २४  को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ