arrow

पुटिनका आलोचक नाभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
Putin-navalni-russia_1617867396.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनका आलोचक मानिने विपक्षी नेता एवं भ्रष्टाचार विरोधी अभियन्ता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । नाभाल्नीका वकिल भदिम कोब्जेभले नाभाल्नीले हात र खुट्टामा कुनै किसिमको स्पर्ष महसुस गर्न नसकिरहेको बताएका छन् । नाभाल्नीलाई मेरुदण्डको हर्निया भएको पत्ता लागेको वकिल भदिमले बताएका छन् ।

गत हप्तादेखि नानभाल्नीले खाना नै नखाएर मेरुदण्ड र खुट्टा दुखाइको उचित उपचारको माग गरिरहेका छन् । ह्वाइट हाउसले समेत नाभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदै गइरहेको र उनीमाथि राजनीतिक फाइदाका लागि अन्याय भएको जनाएको छ ।

खाना नखाई उपचारको माग गरिरहेका कारण नाभाल्नीले आफ्नो तौल समेत गुमाइरहेका उनका वकिलले बताएका छन् । ४४ बर्षीय नाभाल्नीलाई रुसको पोकरभ शहरस्थित जेलको बिरामी कक्षमा सारिएको छ ।

रुसी राष्ट्रपति, उच्च राजनीतिक अधिकारीहरु एवं व्यापारी र सरकारी अधिकारीहरुले गर्ने भ्रष्टाचारको पर्दाफास गर्ने अभियन्ताका नाभाल्नीलाई पुटिनले नै सजाय दिन खोजेको आरोप लाग्दै आएको छ । रुसका विभिन्न शहरहरुमा माइनस १० डिग्री तापक्रम भएको समयमा समेत नाभाल्नीको रिहाइको माग गर्दै सरकार विरोधी प्रदर्शन भएका थिए ।

अमेरिका एवं युरोपेली मुलुकहरूले समेत नाभाल्नीको रिहाइको माग गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ