arrow

ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
corona-brazil2_1617869997.jpg

साओ पाउलो । ब्रजिलमा गत २४ घण्टामा कोभिड-१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६  जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्रजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन् ।

हाल ब्रजिलको स्वास्थ्य प्रणालीले कोभिड-१९ को भयानक तनाव खेपिरेहको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्रजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी रहेको छ ।

तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।

तर राष्ट्रपति बोल्सोनारोले भने आफ्नो नीतिको बचाउ गर्दै आएका छन्  । उनले लकडाउन तथा प्रतिबन्धहरुका देशको अर्थतन्त्र बिग्रने दाबी  गर्दै आएका छन् । जुन देशका लागि भाइरसको प्रभावभन्दा बढी हानिकारक हुने उनको दाबी  रहेको छ  ।

 तर देशको राजनीतिका पस्थितिको कारण ब्रजिलका यो स्थिति आएको र दुभाग्यबस ठूलो सङ्ख्यामा व्यक्तिहरु ज्यान गुमाएका विज्ञहरुको भनाइ रहेको छ । कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य सङ्कट निम्त्याउनुमा राष्ट्रपति जैर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड १६ लाख भन्दा बढी संक्रमित छन् । बुधबार साँझसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख ७२ हजार भन्दा बढी पुगिसकेको छ । त्यस्तै संक्रमित संख्याका आधारमा भारत, फ्रान्स र रुस क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २९ लाख भन्दा  बढीले ज्यान गुमाइसकेका छन्  । विश्वविद्यालयका अनुसार १३ करोड ३७ लाख ३४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ