arrow

ताइवान र फिलिपिन्सलाई तनाव दिएपछि अमेरिकाद्वारा चीनलाई चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
china-usa_1617870008.jpg

काठमाडौं । फिलिपिन्स र ताइवानले सामना गरिरहेका चीनको आक्रामक कदमको विरोधमा अमेरिकाले चेतावनी दिएको छ । आफ्ना पार्टनरहरूप्रतिको दायित्वका रूपमा अमेरिकाले चाल्न सक्ने कदमबारे बेइजिङलाई सचेत गराउँदै अमेरिकाले चेतावनी दिएको हो ।

'फिलिपिन्स विरुद्धको सैन्य आक्रमण, दक्षिण चीन सागर लगायत प्रशान्त क्षेत्रमा सैन्य बल, सार्वजनिक पानी जहाज वा विमानलगायतको उपस्थितिले अमेरिका-फिलिपिन्स म्युचुअल डिफेन्स सन्धि अन्तर्गतका दायित्वहरूलाई बढावा दिनेछ,' अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रिन्सले बुधवार भनेका छन् ।

'ह्विटसन समुद्री चट्टान नजिक चिनियाँ जल सेनाका जहाजहरुको उपस्थिति प्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ', उनले भनेका छन् ।

गत मार्च ७ मा फिलिपिन्सको अधिकार प्राप्त क्षेत्रमा २०० चिनियाँ जहाजहरु देखा परेका थिए । चीनले दक्षिण चीन सागर पुरैमा आफ्नो दाबी गर्दै आएको छ ।

बुधवार ताइवानको हवाई रक्षा क्षेत्रमा  १५ भन्दा बढी चिनियाँ विमान आएको बताइएको छ । ताइवानले आफूले आफ्नो बचावका लागि कदम चाल्ने चेतावनी दिएको छ । 

चीनले ताइवानलाई आफ्नो  एक प्रान्तका रूपमा हेर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ