arrow

भारतमा एकैदिन रेकर्ड एक लाख ३२ हजार कोरोनाका संक्रमित थपिए, नेपालमा बढ्यो खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
corona-india_1617929026.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा बिहीबार (अप्रिल ८, चैत २६ गते) एकैदिन सबैभन्दा बढी १ लाख ३१ हजार ८७८ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार एकैदिन १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका थिए । मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमणको नयाँ रेकर्ड बन्दै गएको छ । गत आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै यो हप्ता रेकर्ड दिनानुदिन बढ्दै गएको हो । गत आइतबार १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । त्यो रेकर्डसमेत मंगलबार तोडियो । बुधबार त सीमा नै झन् नाघ्यो ।  बिहीबार त कल्पनाभन्दा बाहिर नै गयो । 

भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार सातौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

योसँगै कुल संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर ९ लाख ७४ हजार २३३ पुगेका छन् । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । बिहीबार पछिल्लो समयको सबैभन्दा बढी ८०२ पुगेको छ । यसअघि गत शुक्रबार शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको थियो । आइतबार ४७७ जनाको ज्यान गएको थियो भने सोमबार ४४५ जनाको ज्यान गएको थियो ।  मंगलबार बढेर ६३० पुगेका थिए । बुधबार अझै बढेर ६८४ पुगे । । 

अहिलेसम्म १ लाख ६७ हजार ६९४ को ज्यान गइसकेको छ । 

बिहीबार जम्मा ६१ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका छन् । बुधबार ५९ हजार ९०७ जना संक्रमित थपिएका थिए । यसअघि आइतबार ५७ हजार ७४ जना, मंगलबार ५५ हजार ४६९ जना र सोमबार भने यो संख्या घटेर ४७ हजार २८८ रहेको थियो । 

बिहीबार एकैदिन सबैभन्दा बढी ३७६ जनाको ज्यान गएको छ । बुधबार एकैदिन ३२२ जनाको ज्यान गएको थियो । मंगलबार २९७ जना, शनिबार २७७ जनाको ज्यान गएको थियो । महाराष्ट्रमा मात्रै हाल ५ लाख२१ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन् । 

नेपालमा बढ्यो खतरा
भारतमा संक्रमित दिनानुदिन बढिरहँदा नेपालमा खतरा बढेको छ । खुला सीमानाकाका कारणले पनि यसको खतरा बढेको छ । 

भारतका विभिन्न राज्यमा लकडाउन भएपछि श्रमका लागि भारत गएका नेपालीहरु धमाधम फर्किरहेका छन् । 

फर्केका धेरैमा कोरोनाको संक्रमण देखिएको छ । कञ्चनपुरमा एक जनाको ज्यानसमेत गएको छ । 

नेपालसँग सीमा जोडिएको बिहारमा दिनानुदिन संक्रमित बढेका छन् । बिहीबार १ हजार ९११ जना संक्रमित थपिएका छन् । बुधबार १ हजार ५२७ जना संक्रमित थपिएका थिए । मंगलबार १ हजार ८० संक्रमित थपिएका थिए । सोमबार ९३५ जना संक्रमित थपिएका थिए । आइतबार ८६४ जना संक्रमित थपिएका थिए । शनिबार ८३६ जना संक्रमित थपिएका थिए । शुक्रबार ६६२ जना संक्रमित थपिएका थिए ।  

नियन्त्रणको नजिक पुगेको बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ७ हजार ५०४ पुगेका छन् । 

तस्वीर–महाराष्ट्रको मुम्बईबाट रेलमा भरिभराउ चापमा यात्रा गर्दै, यो रेल गोरखपुरका लागि गुडेको हो । 



लोकप्रिय समाचार
नयाँ