arrow

विश्वमै बढ्यो कोरोना, एकैदिन ७ लाख ३७ हजार बढी संक्रमित, १४ हजारको मृत्यु

कुन देशको अवस्था कस्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
corona-killed-usa.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरमै तीव्र गतिमा फैलिरहेको छ । दोस्रो लहर पहिलो भन्दा निकै कडा हुँदै गएको समेत तथ्यांकले देखाउँदै गएको छ । 

बिहीबार मात्रै ७ लाख ३७ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यसैगरी एकैदिन १४ हजारको हाराहारीमा मृतक थपिएका छन् । 

अहिलेसम्म विश्वभर १३ करोड ४५ लाख भन्दा बढी संक्रमित पुगिसकेका छन् । २९ लाख १४ हजार भन्दा बढीको ज्यान गएको छ । अहिले पनि १ लाख भन्दा बढी संक्रमित गम्भीर छन् । 

बिहीबार भारतमा १ लाख ३१ हजार ८९३ जना संक्रमित थपिएका छन् । ८०२ को ज्यान गएको छ । 

ब्रजिलमा ८९ हजार २९३ संक्रमित थपिँदा ४ हजार १९० जनाको ज्यान गएको छ । अमेरिकामा ७९ हजार ५७३ जना संक्रमित थपिँदा १ हजार २ जनाको ज्यान गएको छ । 

टर्कीमा ५५ हजार ९४१ जना संक्रमित थपिँदा २५८ जनाको ज्यान गएको छ । पोल्याण्डमा २७ हजार ८८७ जना संक्रमित थपिँदा ९५४ जनाको ज्यान गएको छ । 

फ्रान्समा १५ हजार ८६९ जना संक्रमित थपिँदा ३४५ जनाको ज्यान गएको छ । इटालीमा १७ हजार २२१ जना संक्रमित थपिँदा ४८७ जनाको ज्यान गएको छ । 

जर्मनीमा २४ हजार २४२ जना संक्रमित थपिँदा २९९ जनाको ज्यान गएको छ । 

अर्जेन्टिनामा २३ हजार ६८३ जना संक्रमित थपिँदा २९० जनाको ज्यान गएको छ । 

कोलम्बियामा १२ हजार ४६४ जना संक्रमित थपिँदा २४७ जनाको ज्यान गएको छ । 

इरानमा २२ हजार ५८६ जना संक्रमित थपिँदा १८५ जनाको ज्यान गएको छ । 
युक्रेनमा १९ हजार ४१९ संक्रमित थपिँदा ४६४ जनाको ज्यान गएको छ । 

रुसमा ३६५, चिलीमा १८३, रोमानियामा १७२, इन्डोनेसियामा १६३, हंगेरीमा २७२, बुल्गेरियामा १३६, मेक्सिकोमा ५९६, बेलायतमा ५३ जनाको ज्यान गएको छ । 

एनपी साउदले दुई दलसँग शुक्रबार छलफल गर्दैछन् । 



लोकप्रिय समाचार
नयाँ