arrow

शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयले गर्‍यो सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
health_ministry_1617956882.JPG

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थाहरुमा कडाइका साथ मापदण्ड लागु गर्न र नमानेमा बन्द नै गर्न सीसीएमसीलाई सिफारिस गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विद्यालयमा पनि हरेक कक्षामा २५ जना भन्दा बढी नराख्न र भौतिक दुरी कायम राखेर मात्रै कक्षा सञ्चालन गर्न र गराउन सीसीएमसीलाई सिफारिस गरेको हो ।

यदि यी मापदण्ड पालना हुन सकेनन् भने शैक्षिक संस्था नै बन्द गराउन सिफारिस गरिएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण शैक्षिक संस्थाहरुमा पनि बढ्दै गएको देखिएको छ ।

धेरैजसो संक्रमित हुनेमा विद्यार्थी, शिक्षक र शैक्षिक संस्थामा आबद्ध कर्मचारीहरु रहेका छन् । यस कारण शैक्षिक संस्थाहरुमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुन नसके बन्द गर्नका लागि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका हो ।

मन्त्रालयले अघि सारेको सिफारिस सीसीएमसीको बैठकले छलफल गर्ने छ र सोही अनुसार निर्णय गर्नेछ । शैक्षिक संस्था बन्द गर्न सीसीएमसीले निर्णय गरेर मन्त्रीपरिषद्मा पठाउने छ र त्यहाँबाट पास भएमा अनि कार्यान्वयन हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले शैक्षिक संस्थाहरु बन्द गर्नेबारे मन्त्रालयमा भने बहस नभएको बताए । प्रत्येक शैक्षिक संस्थामा कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न भनिएको तर, बन्द नै गर्नका लागि भने अहिलेसम्म छलफल नभएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ