arrow

नयाँ पुस्ताका उद्यमीका लागि ज्याक माले खोलेको स्कुल बन्द गर्दै चीन

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
jack-ma-new_1617957403.jpg

काठमाडौं । विश्वकै प्रभावशाली एवं प्रेरणादायी उद्यमी ज्याक मा र अलिबाबा ग्रुपको समर्थनमा रहेको एलाइट बिजनेस स्कुलमा बेइजिङले नयाँ भर्ना रोक्न दबाब दिएको छ ।

अर्काे पुस्ताका चिनियाँ उद्यमीलाई तालिम एवं शिक्षा दिनका लागि ज्याक माले सन् २०१५ मा यो स्कुल खोलेका थिए । शैक्षिक व्यवस्था सुधातर्फ लाग्ने भन्दै ज्याकमाले सन् २०१९ मा आफ्नो सेयर बेचेर अलिबाबा ग्रुपको सीईओ पद छाडेका थिए ।

त।र, गत वर्ष अर्थात सन् २०१९ को अक्टोरदेखि ज्याक मालाई चीन सरकाराले ठुला चुनौती दिँदै आएको छ । लामो समय नजरबन्दमा परेका माको आन्ट ग्रुपलाई चिनियाँ अधिकारीहरुले ठुलो घाटामा धकेलिदिएको छ । अलिबाबामाथि समेत विभिन्न किसिमको आरोप लगाउँदै चिनियाँ अधिकारीहरुले छानबिनको दायरामा लिएका थिए ।

ठुला ठुला कम्पनीहरुका प्रमुख कार्यकारी अधिकारीहरु पढ्न आउने माले खोलेको एलाइट बिजेस स्कुल नै बन्द गराउनका लागि चिनियाँ अधिकारीहरुले भर्नामा रोक लगाएको हुनसक्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ