arrow

जीवित दाताबाट जापानमा विश्वमै पहिलो पटक कोभिड १९ का बिरामीको फोक्सो प्रत्यारोपण

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
japan-operation-lungs.jpg

काठमााडौं । जापानमा कोभिड१९ का कारण गम्भीर अवस्थामा पुगेकी एक महिलाको फोक्सो प्रत्यारोपण गरिएको छ । शल्यक्रियामा सहभागी जापानका चिकित्सकहरूले विश्वमै पहिलो पटक जीवित दाताबाट फोक्सो प्रत्यारोपण गरिएको बताएका छन् ।

जापानको क्योटो विश्वविद्यालय अस्पतालमा ३० विशेष चिकित्सकको टोलीले ११ घण्टा लामो शल्यक्रियामा फोक्सोको प्रत्यारोपण सफल पारेका हुन् । ती महिलालाई उनका श्रीमान् र छोराले फोक्सोका तन्तुहरू प्रदान गरेका हुन् ।

अहिले महिलालाई आईसीयुमा राखिएको छ भने, उनका श्रीमान् र छोराको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् । छाती शल्यचिकित्सक एवं शल्यक्रियाको नेतृत्व गरेका डा. हिरोशी डेटले यो अपरेसनपछि ती महिलाको स्वास्थ्य अवस्था सुधार हुने आशा रहेको बताएका छन् ।

यस बाहेक जीवित दाताबाट फोक्सो प्रत्यारोपण गर्न सकिन्छ भनेर हामीले देखाइदिएको समेत उनले बताएका छन् । जापानको कन्साईको पश्चिमी क्षेत्रकी ती महिलालाई गत वर्ष नै कोरोना भाइरसको संक्रमण भएको थियो । लामो समय गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी ती महिलाको फोक्सो निकै नै खराब भएपछि प्रत्यारोपण गरिएको हो ।

मस्तिष्कको मृत्यु भएका भन्दा जीवित दाताकै फोक्सो प्रत्यारोपण प्रभावकारी विज्ञहरुको भनाइ छ । गत वर्षको जुनमा अमेरिकी चिकित्सकहरूले कोभिड १९ को बिरामीमा पहिलो पटक फोक्सोको प्रत्यारोपण गरेका थिए । 

चीनको शहर वुहानमा कोरोना भाइरसको संक्रमणपछि उपचार गरिएका १७ सय मानिसमा भएको एक अध्ययनले संक्रमणपछि गम्भीर बिरामी भएका व्यक्तिहरुको फोक्सो एक दुई महिनापछि निकै खराब भएको पाइएको छ । यो अध्ययन हालै सार्वजनिक भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ