arrow

छिमेकमा कोरोना कहर

भारतमा एकैदिन कोरोना संक्रमित डेढ लाख नजिक थपिए

अस्पताल भरिभराउ, रेमडेसिभिरको अभाव

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २८ शनिबार
corona-india_1618016540.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा शुक्रबार एकै दिन झण्डै डेढ लाख संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । 

हरेक दिन नयाँ रेकर्ड राख्ने क्रममा संक्रमितहरु हजारौंको संख्यामा थपिएका छन् । बिहीबार एकैदिन १ लाख ३१ हजार ८७८ जना संक्रमित थपिएका थिए । यसअघि बुधबार एकैदिन १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका थिए । मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमणको नयाँ रेकर्ड बन्दै गएको छ । गत आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै यो हप्ता रेकर्ड दिनानुदिन बढ्दै गएको हो । गत आइतबार १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । त्यो रेकर्डसमेत मंगलबार तोडियो । बुधबार त सीमा नै झन् नाघ्यो ।  बिहीबार त कल्पनाभन्दा बाहिर नै गयो । शुक्रबार अकल्पनीय भयो । 

भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार आठौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

विद्यालयहरु ठप्प पारिएका छन् । दोस्रो लहरको नयाँ भेरियन्टले युवा र बालबालिकालाई बढी आक्रमण गरेको छ । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

योसँगै कुल संक्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर १० लाख ४० हजार ९९३ पुगेका छन् । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७७३ जनाको ज्यान गएको छ । बिहीबार पछिल्लो समयको सबैभन्दा बढी ८०२ पुगेको छ । यसअघि गत शुक्रबार शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको थियो । आइतबार ४७७ जनाको ज्यान गएको थियो भने सोमबार ४४५ जनाको ज्यान गएको थियो ।  मंगलबार बढेर ६३० पुगेका थिए । बुधबार अझै बढेर ६८४ पुगे ।  

अहिलेसम्म १ लाख ६८ हजार ४६७ को ज्यान गइसकेको छ । 

बिहीबार जम्मा ७७ हजार १९९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड १९ लाख ८७ हजार ९४० जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शुक्रबार एकैदिन ५८ हजार ९९३ जना संक्रमित थपिएका छन् । बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका थिए । बुधबार ५९ हजार ९०७ जना संक्रमित थपिएका थिए । यसअघि आइतबार ५७ हजार ७४ जना, मंगलबार ५५ हजार ४६९ जना र सोमबार भने यो संख्या घटेर ४७ हजार २८८ रहेको थियो । 

शुक्रबार एकै दिन ३०१ जनाको ज्यान गएको छ । बिहीबार एकैदिन सबैभन्दा बढी ३७६ जनाको ज्यान गएको थियो । बुधबार एकैदिन ३२२ जनाको ज्यान गएको थियो । मंगलबार २९७ जना, शनिबार २७७ जनाको ज्यान गएको थियो । महाराष्ट्रमा मात्रै हाल ५ लाख ३४ हजार ६०३ जना सक्रिय संक्रमित रहेका छन् । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ९ हजार ३५७ पुगेका छन् । शुक्रबार २ हजार १७४ जना संक्रमित थपिएका छन् । 

अस्पताल भरिभराउ, रेमडेसिभिरको अभाव
संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । औषधिको समेत अभाव हुन थालेको छ । तस्वीरमा मध्यप्रदेशको इन्डोरमा पीडितहरुको भीड देख्न सकिन्छ ।

एक पीडित उपभोक्ताले शुक्रबार भनेका छन्, ‘म हिजोदेखि लाइनमा बसिरहेको छु । हामीले आज चक्का जाम गर्यौं । पुलिसले हामीलाई धपायो । डाक्टरले बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन चाहियो भन्छ । हामीलाई सहयोग गर्ने कोही भएन ।’



लोकप्रिय समाचार
नयाँ