- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल। अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ। स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिवार दिएको जानकारी अनुसार शुक्रवार बिहान भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ, एक सुरक्षा अधिकारीहरूले भने।
घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानिस्तान राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालीवान् लडाकुहरू रहेको पनि साक्षर अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा परेका मध्ये ५१ जना तालीवान् लडाकुहरू र सात जना सुरक्षाकर्मीहरू घाइते पनि भएको जनाइएको छ। अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ। अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाइ गरिरहेको छ।
अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ। सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो।
अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ। थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ। अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगान फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्। पछिल्ला वर्षहरूमा सुरक्षाका गम्भीर घटनाहरूमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ।