arrow

पत्रकार महासङ्घमा पोखरेल प्यानलद्वारा विजयोत्सव मनाउन सुरु, अन्तिम परिणाम आउन बाँकी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत २८ शनिबार
fnj-election-20211.jpg

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनका लागि भएको निर्वाचनमा अध्यक्ष विपुल पोखरेल प्यानल जित सुनिश्चित भएको छ। मत परिणामको अन्तिम घोषणा भने भइसकेको छैन।

हालसम्म प्राप्त मत परिणाम अनुसार पोखरेल प्यानल भारी मतले अघि देखिएकाले उनको जित निश्चित भएको हो। मतगणनाको अन्तिम नतिजा नआउँदै पोखरेल प्यानलले विजयोत्सव मनाएको छ।

नुवाकोटलगायत केही स्थानको मत परिणाम आई नसके पनि शनिवार पत्रकार महासङ्घ परिसरमा भेला भएको पोखरेल प्यानलले विजयोत्सव मनाएको हो। मतान्तर निकै फराकिलो भएकाले जित निश्चित भएको भन्दै खुसीयाली मनाउँदै अबिर जात्रा गरेको हो। पोखरेलले २३ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका हुन्।

पोखरेलकै प्यानलका अधिकांश उम्मेदवारले विजयी हासिल गरिसकेको र साँझसम्मका सबै नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ। पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियन नेतृत्वको प्यानलले जित निश्चित गरेको हो।

महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदानमा सहभागी थिए।

केन्द्रीय समितिको अध्यक्षमा पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी परेको थियो। केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ