arrow

चीनको नियन्त्रणकारी कदमपछि हङकङ नागरिकहरू ताइवानमा स्थानान्तरण हुने क्रम बढ्दो

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत २८ शनिबार
hong-kong-taiwan.jpg

ताइपेइ। हङकङमा चीनले नयाँ सुरक्षा नीति लागु गरेपछि हङकङका धेरै नागरिकहरू ताइवानमा स्थानान्तरण भइरहेको मिडिया रिपोर्टहरू आइरहेका छन्। चीनले हङकङमाथि नियन्त्रणकारी नयाँ सुरक्षा नीति लागु गरेपछि धेरै सङ्ख्यामा हङकङका नागरिकहरू ताइवानमा स्थानान्तरण गरिरहेका हुन्। सन् २०१९ को तुलनामा सन् २०२० मा स्थानान्तर हुनेको सङ्ख्या दुई गुणा धेरै रहेको ताइवानका अधिकारीहरूले बताएका छन्।

हङकङ नागरिकहरू ताइवानमा स्थानान्तरण हुनुको प्रमुख कारण चिनियाँ नियन्त्रणकारी गतिविधि तथा कानुन रहेको बताइएको छ। चीनले गत वर्ष जुनमा लागु गरेको नयाँ राष्ट्रिय सुरक्षा नीतिले हङकङमा लोकन्तवादी समर्थक र स्वतन्त्रतामा अङ्कुश लगाएको विश्लेषण गरिएको छ।

सन् २०२० मा ताइवान सरकारले हङकङ नागरिकका लागि बसोबासका लागि दश हजार आठ सय १३ वटा अनुमति जारी गरेको थियो। यो मात्रा अघिल्लो वर्ष सन् २०१९ को भन्दा दोब्बर हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ