arrow

पत्रकार महासङ्घमा पोख्रेलको प्यानल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २८ शनिबार
fnj-election-2021-result.jpg

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्याशी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन्।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९ सय ४२ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९ सय १५ मत प्राप्त गरेकी छिन्। अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले  एक सय ५६ मत प्राप्त गरेका छन्। यही चैत २५ गते पहिलो पटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो। पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन्।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायण सुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित भएका छन्।

यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ