arrow

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार १७ अप्रिलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
prince-philip-england.jpg

काठमाडौँ । गत शुक्रबार निधन भएका बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आगामी अप्रिल १७ तारिखमा हुने भएको छ । अन्तिम संस्कार विन्डसोरमा हुने बकिङघम प्यालेसले जनाएको छ । 

सिन्ह्वाका अनुसार अन्तिम संस्कार कार्यक्रम १७ तारिख बेलायतको समय अनुसार दिउँसो ३ बजे सेन्ट जर्ज च्यापेलमा शुरु हुनेछ । 

उक्त अन्तिम संस्कारमा सर्वसाधारण कसैलाई पनि उपस्थितिका लागि स्वीकृति दिएको छैन । कोरोनाका कारण सीमित व्यक्तिहरुमात्र उक्त अन्तिम संस्कारमा सहभागी हुनेछन् । 

फिलिपको अन्तिम संस्कारको सबै गतिविधि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने जनाइएको छ । 

फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो । 

 

फिलिपको शताब्दी चुम्ने आशा अधुरै, ‘ड्यूक अफ एडिनबर्ग’को योगदानको उच्च प्रशंसा गर्दै विश्व समुदायद्वारा स्मरण

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ