arrow

म्यानमारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

logo
एएनआई,
प्रकाशित २०७७ चैत २९ आइतबार
myanmar_1618127849.jpg

म्यानमार । म्यानमारमा शुक्रवार सुरक्षाकर्मीहरूद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् ।  देशको मध्य भागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरूको मृत्यु भएको समाचारमा जनाइएको छ ।

अनुगमनमा खटिएका अधिकारकर्मीहरूले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने पनि उनीहरूले बताएका छन् ।

प्रदर्शनकारीहरू विरुद्ध सुरक्षाकर्मीहरूले ठुला हतियार प्रयोग गरेको र केही हलचल हुने बित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
म्यानमारमा गत माघ १९ मा देशको शासन सत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

सेनाले सत्ता हातमा लिएयता म्यानमारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बहानामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा पनि गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरूले भने निर्वाचन निष्पक्ष नै भएको दाबी गरेका छन् । सेनाले नतिजा अस्वीकार गरिरहेको बेला नयाँ संसद्को बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरूलाई थुनामा राखेको हो ।  

सेनाको कदमको विश्वभरिबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ