arrow

कोभिड१९ सङ्कटको बीचमा चीनमा गरिबी उन्मुलन भएको राष्ट्रपति सिको घोषणा

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत २९ आइतबार
xi-jinping-china.jpg

ताइपेइ। चिनियाँ राष्ट्रपति सि जिन पिङले केही समयअघि देशमा गरिबी उन्मुलन भएको घोषणा गरेका छन्। राष्ट्रपति सिले बेइजिङस्थित ग्रेट हलमा गरेको एक घण्टा लामो भाषणमा आफ्नो नेतृत्वमा गरिबी विरुद्धको युद्ध सफल भएको घोषणा गरेका हुन्।

गरिबी विरुद्धको युद्धमा दश करोड जनतालाई विपन्नताबाट मुक्त गरेको सिले घोषणा गरे। चिनियाँ सरकार स्वामित्वको समाचार संस्थान सिन्ह्वाले यो सफलता सहस्राब्दीकै ठुलो छलाङ रहेको बताएको छ। यो सफलता चिनियाँ जनताको गौरव र सम्मान भएको पनि राष्ट्रपति सिले उल्लेख गरे।

विश्व बैङ्कको अध्ययन अनुसार यो वर्ष कोरोना भाइरसका कारण विश्वमा पन्ध्र करोड मानिसहरू विपन्नतातर्फ धकेलिरहेको बेला राष्ट्रपति सि ले आफ्नो मुलुकबारे यस्तो घोषणा गरेका हुन्।

चीनको वुहानबाट फैलिएको कोभिड१९ बाट विश्व अर्थतन्त्रमा ठुलो असर पुगेको बेला चीनमा भने तुलनात्मक रूपमा क्षति नपुगेको बत्ताइन्छ। तर यही वर्ष चीनमा गरिबी उन्मुलन गरेको विषयमा भने आलोचनात्मक विश्लेषण गरिएको छ।

कोभिड१९ महामारीको बेला चीनमा विभिन्न कम्पनी तथा व्यापारहरू बिस्तारै चलायमान गर्न सङ्घर्ष गरिरहेको स्पष्ट छ।

आठ वर्षअघि राष्ट्रपति सि शक्तिमा आएपछि सरकारले गरिबी उन्मुलनमा दुई सय ४८ खर्ब अमेरिकी डलर बराबर खर्च गरेको बताइएको छ।

विश्व कोभिड१९ सङ्कटमा परेको बेला चीनले कोभिड१९ र गरिबी विरुद्ध युद्ध जितेको घोषणा गर्नु राष्ट्रपति सिले आफ्नो शक्ति कायम गर्ने रणनीति रहेको पनि विश्लेषण भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ