arrow

भुक्तानी लिएको चिनियाँ कम्पनी सम्पर्कविहीन, सामान वा क्षतिपूर्तिसहित रकम माग्दै दूतावासलाई पत्राचार

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
china-flag.jpg

काठमाडौं । सामान आयातका लागि रकम भुक्तानी गरेको चिनियाँ कम्पनी सम्पर्कविहीन भएपछि एनईए डिभिजनले चीनको बेइजिङस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ । 

सूर्यकिरण फाइबर इन्डस्ट्रीका लागि सामान पठाइदिने भन्दै रकम लिएको एक चिनियाँ कम्पनी सम्पर्कविहीन भएको हो । सामान पनि नपठाएको र रकम पनि फिर्ता नगरी उक्त कम्पनी सम्पर्कमा नआएपछि सूर्यकिरणले बेइजिङस्थित नेपाली दूतावासलाई पत्राचार गरेको हो । 

पत्रमा भनिएको छ, ‘चीनस्थित सम्बन्धित निकायको सहकार्यमा चीनस्थित उक्त कम्पनीलाई सामान पठाउने ग्यारेन्टी अथवा क्षतिपूर्तिसहित रकम भुक्तानी गर्न पहल गरिदिन अनुरोध छ ।’

कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै लामो समयदेखि नेपाली व्यापारीहरुले चीनबाट आयात गरेको सामनहरु ढुवानी हुन सकेको छैन । जसका कारण नेपाली अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ