arrow

चिनियाँ उच्च स्वास्थ्य अधिकारीले भने- 'चिनियाँ खोपको प्रभावकारिता कम छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
Vaccine-sinopharm_1618207687.jpg

काठमाडौं । चीन सरकारको रोग नियन्त्रण केन्द्रका प्रमुख अधिकारीले स्थानीय खोप अर्थात् चीनमा उत्पादित खोपको प्रभावकारिता न्यून  रहेको बताएका छन् । शनिवार पत्रकार सम्मेलनमा बोल्दै गाओ फुले चीनले खोपहरूलाई एक आपसमा मिसाएर थप प्रभावकारी बनाउने लागेको समेत बताएका छन् ।

सिनोफार्म, सिनोभ्यासलगायत चीनमा चार खोप प्रयोगका लागि स्वीकृत भइसकेका छन् । तर, यी खोपहरूमा कुनैको प्रभावकारिता ५० प्रतिशतभन्दा पनि कम समेत देखिएको छ । उक्त कुरा विश्वभरीका संचार माध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरेका छन्। 

चीनले अहिलेसम्म १० करोड मानिसहरूलाई खोप लगाइ सकेको छ भने, चिनियाँ खोप लगाएका विदेशीहरुलाई मात्रै चीन प्रवेश गर्न दिन थालेको छ ।

रोग नियन्त्रण र रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख गाओले भनेका थिए- 'बचाउन सक्ने (संक्रमणबाट) उच्च क्षमता छैन ।'  तर, पछि उनले आफ्नो भनाइलाई गलत अर्थाइएको भन्दै प्रतिक्रिया दिएका थिए । चीनले खोपहरूलाई मिश्रण गरेर मानिसलाई दिने डोज संख्या र समयान्तर फेर्ने तयारी गरिरहेको छ ।
 



लोकप्रिय समाचार
नयाँ